Aamsanchar

सम्भोग गर्नुभन्दा एकदिन पहिले नै प्रहरीबाट अनुमति लिनुपर्ने!

Author Image
शनिवार, भदौ २५, २०७३

एजेन्सी ।

अमेरिकाको दक्षिणी यर्कशायर क्षेत्रका युवाले महिलासँग सेक्स गर्न एकदिन पहिले नै प्रहरीबाट अनुमति लिनुपर्ने भएको छ ।

सेक्स गर्नु भन्दा एक दिन अगाडी नै प्रहरीलाई जानकारी गर्नुपर्छ जब प्रहरीले युवकलाई अनुमति दिन्छ तब मात्रै युवाले सेक्स गर्न पाउछन् ।

गएको धेरै महिनादेखि न्युयोर्कको प्रहरीले युवकका क्रियाकलाप लाई धेरै नै निगरानी गरिरहेको छ । उक्त युवाको इन्टरनेटमा पनि निगरानी गरिएको छ ।

युवकसँग स्थानिय प्रहरी यस्तो एक्शन अदालतको त्यो निर्णय पछि गरिरहेका छन्, जसमा युवकसँग सेक्सुअल रिस्क अडरको चपेटमा आउने कुरा गरेका थिए ।

एकजना प्रहरी अधिकारीको अनुसार अदालतले युवकलाई कुनैपनि महिलासँग यौनसम्पर्क राख्नु भन्दा पहिले नै प्रहरीलाई बताउनुपर्छ यदि प्रहरीले युवकलाई अनुमति दिन्छ भने उसले यौन सम्पर्क गर्न पाउछ ।

प्रहरी अधिकारीले भनेअनुसार यदि युवकले विना अनुमति यौनसम्पर्क गर्छ भने उसलाई ५ वर्षसम्म सजाय हुनसक्छ । कानुनी बन्देजले गर्दा उक्त युवकको नाम खुलाइएको छैन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)