Aamsanchar

तिक्तता अन्त्य गर्न प्रचण्ड र नेपाल सहमत

Author Image
शनिवार, भदौ २५, २०७३

काठमाडौंः

prachanda-and-madhav-nepal-57d3c115b9a483.95820537

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित संसद सचिवालयमा शनिबार बिहान भएको भेटमा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल भएको हो।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्ड र नेता नेपालबीच दुई दलबीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री नेपालबीच भएको करिब एक घन्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेट मार्फत नेकपा एमाले नेतृत्वको सरकारले घोषणा गरेका कार्यक्रम र आयोजनालाई निरन्तरता दिने विषयमा छलफल भएको थियो।

उनीहरुबीच संविधान कार्यान्वयन र २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने तीन वटा निर्वाचनको कार्यभार संविधानअनुसार नै समयमै सक्न के कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत विस्तृत छलफल भएको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर