Aamsanchar

लिम्बूवान मञ्चका १७० नेता तथा कार्यकर्ताद्वारा सामूहिक राजीनामा

Author Image
शनिवार, भदौ २५, २०७३

धरान,

8803
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्चको केन्द्रीय सचिव गजेन्द्र चोङबाङ्क्याकसहित सुनसरी, पाचथर र तेह्रथुमका १ सय ७० जना कार्यकर्ताले कुनै पनि पदमा नरहने गरी संयुक्त राजीनामा दिएका छन् ।

धरानमा शनिबार पत्रकार सम्मेलन गर्दै कुमार लिङ्देन नतृत्वको मञ्च छाडेर स्वतन्त्र रहने भन्दै केन्द्रीय सचिवसहितका कार्यकर्ताले राजीनामा दिएको हो । राजीनामा दिनेहरुमा मञ्चका केन्द्रीय सचिवालय सदस्य स्वर्णिमहाङ फोम्बो, सुनसरी जिल्ला उपाध्यक्ष उद्धव कटुवाल, मञ्चको जनवर्गीय संगठन संघीय विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा सुनसरी सचिव घनेन्द्र लिम्बु रहेका छन् ।

मञ्चबाट राजीनामा दिने अन्य पदाधिकारीहरुमा सुनसरी जिल्ला सचिव कमल लिम्बू, पदमसुन्दर गुरुङ, पाचथर जिल्ला उपाध्यक्ष झकेन्द्र लाओती, क्षेत्रीय सचिव पाण्डुराम लिम्बु, विद्यार्थी युनियनका जिल्ला अध्यक्ष प्रदीपकुमार लिम्बू, उपाध्यक्ष पासाम तिलिङ, महिला विभाग केन्द्रीय सदस्य विमला तेयुङ, महिला परिषदका केन्द्रीय सदस्य बन्दना सांवा, लिम्बूवान भोलण्टियरका केन्द्रीय उपकमाण्डर प्रकास राउत लगायत रहेका छन् ।

पूर्वमा लिम्बूवान स्वायत्त राज्य स्थापनाकालागि दुई वर्षअघि लिम्बूवानको मुद्दा बोकेका पाँच राजनीतिक दलहरु भेडेटारमा भेला भई कुमार लिङ्देनको नेतृत्वमा एकता गरेर संघीय लिम्बूवान पार्टी, नेपाल बनाएका थिए । तर दुई वर्ष नकाट्दै अध्यक्ष कुमार लिङ्देनले मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै निष्कृय रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बिउाताएर निर्वाचन आयोगमा दर्ता गरेपछि संघीय लिम्बूवान पार्टीमा दुई चिरा भएको थियो ।

पार्टी फुटेपछि अन्यौलमा रहेका नेता र कार्यकताहरुले स्वतन्त्र बस्ने निर्णय गर्दै राजीनामा दिएको केन्द्रीय सचिवालय सदस्य स्वर्णिमहाङ लिम्बूले बताए । विद्यार्थी नेता प्रदीप कुमार लिम्बुले पार्टीमा सैद्धान्तिक मतभेत भएपछि त्यसलाई समाधान गर्न दुवै पक्षबाट कुनै पहल नभएको र फुट आएपछि दुवैपक्षबाट आफू तिर आउन दबाब आएकाले स्वतन्त्र रहने गरी राजीनामा दिएको बताए ।

‘केन्द्रीय नेतृत्व तहका नेताहरुमा लिम्बूवान स्वायत्तताको मुद्दाप्रति गम्भीरता देखिएन । एकपासमा आरोप प्रत्यारोप गरेर राजनिति गर्दा लिम्बूवान प्राप्ती हुँदैन भन्ने बुझेपछि उनीहरु दुवै पक्ष गलत सावित गरेर स्वतन्त्र बस्ने निर्णयमा पुगिएको हो,’ उनले भने ।

लिङ्देनले मञ्चलाई सक्रिय बनाएपछि अध्यक्ष विहिन भएको संघीय लिम्बूवान पार्टीमा उपाध्यक्ष खगेन्द्र माखिमले संयोजनकारी भूमिका खेल्दै आएका छन् ।कान्तिपुरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)