Aamsanchar

डा. केसी फेरि दिए आठ दिने अल्टिमेटम

Author Image
शनिवार, भदौ २५, २०७३

काठमाडौं।

baseya

चिकित्सा क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले सरकारलाई फेरि पनि आठ दिने अल्टिमेटम दिएका छन् ।

आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै डा. केसीले सरकारलाई आगामी असोज २ गतेसम्मको अल्टिमेटम दिएका हुन् ।

उनले आज विज्ञप्ति जारी गर्दै चिकित्सा ऐनमा सुधार र माथेमा आयोगको प्रतिवेदन विपरित नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनेलगायतका विषयमा चलखेल सुरु भएको भन्दै आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

डा. केसीको विज्ञप्तिमा विभिन्न षड्यन्त्र र चलखेल रोक्न तथा हालसम्म भएका सबै सम्झौता अविलम्ब कार्यान्वयन गर्न असोज २ गतेसम्मको अल्टिमेटम दिइएको उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)