Aamsanchar

पहिरो झरेपछि अस्पताल जोखिममा

Author Image
आइतवार, भदौ २६, २०७३

खोटाङ ।

images

नयाँ भवन निर्माणका लागि घडेरी सम्याउने क्रममा पहिरो झरेपछि जिल्ला अस्पताल खोटाङ जोखिममा परेको छ ।  ठेकेदार कम्पनीले एस्काभेटर लगाएर घडेरी सम्याउँदा पहिरो झर्न थालेपछि अस्पताल प्रशासन, शव परीक्षण गृह र दुईवटा शौचालय भवन जोखिममा परेका हुन् ।

भवन निर्माण गर्न लागिएको ठाउँमा घडेरी सम्याउँदा पानी उब्जिएर पहिरो झर्न थालेपछि समस्या भएको ठेकेदार कुमार आचार्यले जानकारी दिनुभयो ।
पहिरोका कारण खर्च बढ्ने भएकाले रकम थप गरिनुपर्ने ठेकेदार आचार्य बताउनुहुन्छ । पहिरो झर्नेक्रम नरोकिएपछि जल उत्पन्न डिभिजन कार्यालयको सहयोगमा जाली हाल्ने काम गरे पनि नरोकिएपछि झनै समस्या भएको जनाइएको छ ।

पहिराले अस्पताल प्रशासनको जगसमेत तानेर लगेपछि दैनिक कामकाजमा समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो । अस्पताल परिसरभित्र पहिरो झरेपछि सहायक प्रजिअ दिनेश कुमालको रोहबरमा जिल्ला प्रहरी कार्यालयले सर्जमिन मुचुल्का तयार गरेको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गरेर अस्पताललाई बुझाउनेगरी सम्झौता भएको भवन अढाइ तले हुने सहरी विकास भवन डिभिजन शाखा कार्यालय खोटाङका प्रमुख इन्जिनियर भुपाल मगरले बताउनुभयो । कार्यालय प्रयोजनका लागि बनाउन लागिएको भवनको खानी निर्माण सेवा प्रालिले ठेक्का प्राप्त गरेको हो ।

सहरी विकास भवन डिभिजन कार्यालय उदयपुरको रु दुई करोड ३६ लाख लगानीमा भवन निर्माण गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ । विसं २०४८ मा स्थापना भएको जिल्ला अस्पताल खोटाङमा हाल भवन अभाव हुँदा समस्या रहेको विकास समितिका अध्यक्ष नारायण जोशीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर