Aamsanchar

छ दिनकी सुत्केरी बेपत्ता

Author Image
आइतवार, भदौ २६, २०७३

रोल्पा ।

mother-baby-mahila

जिल्लाको कोर्चाबाङ–४ घापाकी २४ वर्षीया सुत्केरी दिलकुमारी बुढा बेपत्ता भएकी छिन् ।

छ दिनकी सुत्केरी बुढा दाङको शौडियार गाविस–१ स्थित आफ्नै दाजुको घरबाट यही भदौ १९ गतेदेखि बेपत्ता भएकी हुन् । उनी कहाँ र किन गइन् भन्ने बारेमा परिवालाई कुनै किसिमको जानकारी नभएको दिलकुमारीका श्रीमान् दिनेश बुढाले बताउनुभयो ।

प्रसूति व्यथा लागेपछि भदौ ११ गते श्रीमतीलाई लिएर दिनेश जिल्ला अस्पताल रेउघा पुग्नुभएको थियो । त्यहाँ सहजरुपमा सुत्केरी हुने संभावना नदेखिएपछि उहाँले दिलकुमारीलाई महेन्द्र उपक्षेत्रीय अस्पताल दाङ लैवजानु भएको थियो । त्यहाँ भदौ १३ गते शल्यक्रिया गरी बच्चा जन्माएपछि दिलकुमारी शौडियारस्थित आफ्नै दाजुको घरमा जानु भएको थियो ।

केही वर्षदेखि लिबाङमा डेरा गरी बस्दै आएका बुढा दम्पतीले तीन वर्ष अगाडी प्रेम बिबाह गरेका थिए । बेपत्ता हुनुअघि दिलकुमारीले आफ्नो मोबाइलमा ‘मेरो खोजी नगर्नुु’ भन्ने म्यासेज पठाएको उहाँको श्रीमान दिनेशले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)