Aamsanchar

पुनरावेदनमा न्यायाधीश कम हुँदा मुद्दाको चाप बढ्दै

Author Image
आइतवार, भदौ २६, २०७३

इलाम ।

appeal_court

पुनरावेदन अदालत इलाममा मुद्दाको चाप बढे पनि न्यायाधीशको कमीले कमै मात्रामा मुद्दा फैसला हुने गरेको छ ।  विसं २०६६ देखि पाँचजना न्यायाधीश रहने गरेको पुनरावेदन अदालतमा हाल दुईजना मात्र न्यायाधीश रहेका छन् । एकजना न्यायाधीश बिदा बसेमा बेन्च नै खाली हुने गरेको अवस्था रहेको छ ।

न्यायाधीश कम हुँदा आव २०७२÷७३ मा एक हजार ५२५ मुद्दा रहेकामा ७२९ वटा मुद्दा फैसला भएको पुनरावेदन अदालत इलामका निमित्त रजिष्ट्रार रोशनकुमार भट्टराईले जानकारी दिनुभयो । एकजना न्यायाधीश बिदा बस्नुभयो भने मात्र इजलास बस्न नसक्ने हुँदा थोरै समयमा धेरै मुद्दा फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ – भट्टराईले भन्नुभयो ।

गत साउन महिनामा २० मुद्दा फैसला भएको यो अदालतमा भदौ महिनामै ११४ मुद्दा फैसला भएको छ । ६२ दिनमा जम्मा १६ दिनमात्र बेन्च बस्न सकेकाले मुद्दा फैसलामा कम भएको र एकैदिन १५ देखि २० वटा मुद्दा फैसला हुने गरेको अदालतका मुख्य न्यायाधीश रमेशकुमार पोख्रेलले बताउनुभयो ।
न्याय प्रशासन संशोधनसम्बन्धी विधेयक सदनमा टेबल भएको र अस्थायी न्यायाधीशहरू पदमुक्त भएका कारण पुनरावेदन अदालतमा न्यायाधीशको सङ्ख्यामा कमी भएको बताइएको छ ।

प्रदेशमा उच्च अदालत गठन र हाल रहेका पुनरावेदन अदालतको स्वरूपका बारेमा विधेयक पास भएपछि मात्र व्यवस्था हुने भएपछि तत्कालै न्यायाधीशको सङ्ख्या थप हुने अवस्था नरहेको उहाँको भनाइ छ ।
एक वर्षदेखि १८ महिनासम्मको मुद्दा ७७ वटा र १८ महिनादेखि दुई वर्ष नाघेको मुद्दा गत साउनमा फस्र्योट भइसकेको अदालतले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर