Aamsanchar

कांग्रेसमा राम भए उपसभापति, लक्ष्मण सचिव

Author Image
आइतवार, भदौ २६, २०७३

congressबिर्तामोड।

नेपाली कांग्रेस झापाको उपसभापतिमा राम कट्टेल र सचिवमा लक्ष्मण खड्का मनोनित भएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाको शनिबार सम्पन्न बैठकले उनीहरुलाई सो पदमा मनोनयन गरेको हो । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न बैठकले महासमिति सदस्य एवम् जिल्ला सदस्य भगिरथ पोद्दारलाई वरिष्ठ जिल्ला सदस्य र महासमिति सदस्य देउकुमार थेवेलाई जिल्ला समितिको सदस्यमा मनोनयन गर्ने सर्वसम्मतिले निर्णय गरिएको बताइएको छ ।
त्यसैगरी बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् झापा क्षेत्र नं। ५का सांसद केशवकुमार बुढाथोकी सामान्य प्रशासन मन्त्री नियुक्त हुनुभएकोमा बधाई समेत दिएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर