Aamsanchar

यातायात व्यवसायीलाई कम्पनी वा सहकारी संस्थामा संलग्न गराइने

Author Image
आइतवार, भदौ २६, २०७३

काठमाडौँ ।

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई कम्पनी वा सहकारी ऐनअन्तर्गत संस्थाका रुपमा व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ ।

काठमाडौँका विभिन्न रुटमा सार्वजनिक यातायात सञ्चालन गरेका व्यवसायी तथा विभागबीच आज भएको छलफलमा व्यवसायीलाई प्रस्तावित कम्पनी वा सहकारी संस्थामा सेयर सदस्यका रुपमा संलग्न गराउने सहमति कायम भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सञ्चालन गरेको ‘काठमाडौँ दिगो सहरी यातायात आयोजना’अन्तर्गत भरपर्दाे, सुरक्षित र प्रभावकारी सहरी यातायात प्रणाली स्थापना गर्ने उद्देश्यअनुरुप यातायात व्यवसायीलाई कम्पनी वा सहकारी संस्थामा संलग्न गर्ने अवधारणा कार्यान्वयनमा ल्याउन लागिएको हो ।

एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा सरकारले उक्त आयोजना सञ्चालन गर्न लागेको विभागका सूचना अधिकारी उपेन्द्र फुयाँलले जानकारी दिनुभयो । काठमाडौँबाट सुरु हुने यो कार्यक्रम विस्तारै अन्य स्थानमा समेत विस्तार गरिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर