विराटनगर।

मोरङ्को तेतरिया चौकमा आज मध्याह्न टिपरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोतीपुर– ९ बस्ने २९ वर्षीय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अनटेस्ट लेखिएको टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ


Views: 135

