Aamsanchar

बालयौन दुराचारी अमेरिकी नागरिकसहित दुई जना पक्राउ

Author Image
आइतवार, भदौ २६, २०७३

balatkar

काठमाडौँ ।

बालकको यौन शोषण गर्न सङ्गठित रूपमा आलोपालो प्रणाली सञ्चालन गरी दुर्गम गाउँबाट कलिला बालक सहरमा ओसारपसार गरेको भन्दै प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरो, महाराजगन्जले केनेथ जोसेफ कुम्ब्सलाई पक्राउ गरेको छ ।

अठ्चालीस वर्षीय अमेरिकी नागरिक कुम्ब्सलाई ठमेलबाट पक्राउ गरिएको हो । दुर्गम गाउँबाट कलिला बालक सहरमा ओसारपसार गरी विदेशी बालयौन दुराचारीलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानसमेत सुरु गरेको छ ।

त्यसैगरी, अनुसन्धान ब्युरोले सोही घटनामा संलग्न भएको भन्दै काठमाडौँ स्वयम्भूका २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरूलाई हाल काठमाडाँै जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुराचार मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर