

ताप्लेजुङ ।

मेची राजमार्गको काबेली–ताप्लेजुङ खण्डको धुसेनी क्षेत्रका विभिन्न ठाउँमा पहिरो जाँदा सोमबार बिहानैदेखि बाटो अवरुद्ध भएको छ ।

भदौ १८ गते राति गएको पहिरो हटाएपछि दुई दिनअघि खुलेको बाटो फेरि अवरुद्ध भएको हो । आइतबार बेलुकादेखि परेको लगातारको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा बाटो फेरि अवरुद्ध भएको इलाम सडक डिभिजन कार्यालयका सुपरभाईजर नविन उप्रेतीले बताउनुभयो ।

सडक कार्यालयको स्काभेटर पहिरो गएको क्षेत्रमा भएपनि पानी पारेकोले समस्या भएको छ । ढुङ्गा तथा लेदो खस्ने क्रमम नरोकिँदा बाटो खुलाउन समस्या भएको हो ।
राजमार्ग अवरुद्ध भएपछि जिल्लाबाट पाँचथार, इलामा, झापा हुँदै सुनसरीको इटहरी विराटनगर, धारान जाने सवारीका साधन चल्न सकेका छैनन् ।
Views: 138

