Aamsanchar

नक्कली लाइसेन्स बनाउने र बोक्ने ९ जना पक्राउ

Author Image
सोमवार, भदौ २७, २०७३

laisensभद्रपुर ।
मेची अञ्चलमा नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय भएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका ९ जना मध्ये चार जना नक्कली लाइसेन्स बनाउने गिरोहमा आवद्ध छन् भने ५ जना नक्कली लाइसेन्स बोकेर सवारी चलाउने व्यक्ति रहेको प्रहरी कार्यालय झापाका डीएसपी हरिप्रसाद शर्माले बताए । प्रहरीले उनीहरुलाई विभिन्न मितिमा, विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्ने गिरोहका नाइके वास्तोला ड्राइभिङ्ग इस्टीच्युटका सञ्चालक झापा बिर्तामोड–७ बस्ने ४३ बर्षीय खिलानाथ बास्तोला, गिरोहमै आवद्ध गरामनी–९ बस्ने २२ बर्षीय अनिल वास्कोटा, विर्तामोड–३ बस्ने ३२ बर्षीय विजय यादव, ४४ बर्षीय पूर्णप्रसाद श्रेष्ठ र गौरादह–१३ बस्ने ३६ बर्षीय उमेशकुमार दास बैरागी रहेका छन् ।
त्यस्तै नक्कली लाइसेन्स बोक्ने पृथ्वीनगर–५ बस्ने ३२ बर्षीय यामकुमार महत, हल्दिवारी–१ बस्ने २१ बर्षीय नवीन आचार्य, भद्रपुर–१५ बस्ने ४० बर्षीय कमिचन राजवंशी, हल्दिवारी–१ बस्ने २७ बर्षीय सुनिल महतो र विर्तामोड–३ बस्ने ३२ बर्षीय विजय यादव रहेको डीएसपी शर्माले बताए ।
पक्राउ परेका व्यक्तिसाग प्रहरीले सरकारी छाप, लाइसेन्स बनाउने कार्ड, नक्कली रुट परमिट कार्ड र लाइसेन्स फेला पारेको छ । डीएसपी शर्माले गिरोहमा आवद्ध अन्य व्यक्तिको पहिचान खुले पनि पक्राउ नपरेको भन्दै उनीहरुको खोजी कार्यलाई तीव्र बनाएको बताए ।
प्रहरीको सक्रियता यस्तो थियो ..
पूर्वाञ्चल दैनिकमा लाइसेन्स बनाउने गिरोह सक्रिय भएको समाचार प्रकाशन भए लगत्तै प्रहरी कार्यालय झापाले गिरोहमा संलग्न व्यक्तिको सोही दिनदेखि खोजी कार्य तीव्र पारेको थियो ।
यातायात कार्यालय मेचीमा खटिएका विचौलियाले ५ हजारदेखि २० हजारसम्म रकम असुल्दै नक्कली लाइसेन्स बनाउने गरेको सञ्चारमाध्यममा सामाचार आएपछि अञ्चल प्रहरी कार्यालय मेचीका एसएसपी केदार रिजाल, प्रहरी कार्यालयका एसपी शैलेश थापा क्षेत्रीले यसतर्फ ध्यानकेन्द्रित गरेका थिए ।
सोही बमोजिम एसपी क्षेत्रीले प्रहरी अधिकृतको नेतृत्वमा मिसन टोली गठन गरी लाइसेन्स बनाउने गिरोहसम्म पुग्न सफल भएका थिए । सो टोलीले पहिचान भएका व्यक्तिको खोजी कार्य तीव्र पारेको छ ।
यसरी पक्राउ परे गिरोहका व्यक्ति ..
समाचार बाहिर आएपछि प्रहरी कार्यालय झापाले जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडमा बरामद गरिएको नक्कली लाइसेन्स झिकायो । सोही लाइसेन्सको नामथर र ठेगानाका आधारमा प्रहरीले भदौ ७ गते बिर्तामोड–३ बस्ने विजय यादवलाई पक्राउ गर्‍यो । यादवलाई पक्राउ गरेपछि उनले आफ्नो लाइसेन्स वास्तोला ड्राइभिङ्ग इन्स्टीच्युटका सञ्चालक झापा बिर्तामोड–७ बस्ने खिलानाथ बास्तोलाले ६ हजार लिएर बनाइदिएको भनी प्रहरीलाई बयान दिए ।
प्रहरीले सोही बयानको आधारमा बास्तोलालाई सोही दिन पक्राउ गर्‍यो । त्यसपछि प्रहरीले भदौ ९ गते नक्कली लाइसेन्स बोक्ने पृथ्वीनगरका यामकुमार महतलाई पक्राउ गर्‍यो । पं्रहरीले भदौ ११ गते भद्रपुरका कमिचन राजवंशी र पृथ्वीनगरका सुनिल महतो, भदौ २५ गते हल्दिवारीका नवीन आचार्यलाई पक्राउ गर्‍यो ।
उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेपछि मेची यातायात कार्यालय आसपास यस्तो काम गर्ने अरु पनि रहेको जानकारी पाएपछि प्रहरीनै लाइसेन्स बनाउन पुगे । त्यहाा पुगेका प्रहरीले आफ्नो पासपोर्ट देखाउादै विदेश जान लागेकोले लाइसेन्स चाहिएको बताए । प्रहरी टोलीले भदौ १४ गते अनिल वास्कोटा, पूर्णप्रसाद श्रेष्ठ र उमेशकुमार दास वैरागीलाई त्यही आरोपमा पक्राउ गर्‍यो । उनीहरु मध्ये उमेशका साथबाट प्रहरीले सरकारी छाप, चार थान लाइसेन्स बनाउने कार्ड र दुई वटा रुट परमिट कार्ड फेला पारेको डीएसपी शर्माले सुनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)