Aamsanchar

खतरनाक रोग स्क्रब टाइफस सार्ने किरा मुसामा भेटियो

Author Image
सोमवार, भदौ २७, २०७३

scrub_typhus

काठमाडौं  ।

चितवनमा गरिएको अध्ययनबाट मुसामा स्क्रब टाइफसको रोग सार्ने माइट नामको किरा भेटिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेका अनुसार १० वटा मुसाको परीक्षण गर्दा सातवटामा माइट पाइएको हो । संक्रमित मुसाको रगत र स्क्रब टाइफस रोग लागेका बिरामी र उनीहरुको वरपरका मानिसको रगत परीक्षणका लागि सोमबार प्रयोगशाला पठाउने तयारी छ ।

जनस्वास्थ्य अधिकृत लामिछानेले काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र कोटेश्वरमा रहेको प्रयोगशालामा रगतको नमूना परीक्षण हुने बताउनुभयो ।

स्क्रब टाइफसका कारण यो वर्ष सात जनाको ज्यान गइसकेको छ । २३९ जना बिरामी छन् । स्क्रब टाइफस रोग चितवनमा धेरै देखिएको छ । संक्रमित दुई सय ३९ जनामध्ये एक सय ९९ जना चितवनका छन् । अध्ययन टोलीले रोग प्रभावित चितवनका ७० जनाको रगतको नमूना लिएको छ ।

स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन गरिएको हो । शारदानगर, पार्वतीपुर, शङ्कर चोक र विकास चोकमा विशेष गरी अध्ययन भइरहेको जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताउनुभयो ।

लामिछानेको नेतृत्वमा किटजन्य रोग विज्ञ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सुरुवा रोग अस्पताल टेकु र जनस्वास्थ्य कार्यालयका विज्ञसहितको टोलीले अध्ययन गरिरहेको हो ।  स्क्रब टाइफसको सङ्क्रमण ३२ जिल्लामा देखिएको छ । चितवनमा अध्ययन सकेपछि अरु जिल्लामा पनि थाल्ने तयारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर