नुवाकोट ।

नुवाकोटको ओखरपौवा गाविसकी एक वृद्धाको आफ्नै घरमा पालेको गोरुले हान्दा मृत्यु भएको छ ।

ओखरपौवा गाविस–४ न्यौपाने टोलकी ७४ वर्षीया कान्छी न्यौपानेलाई आज दिउँसो आफ्नै घरको गोरुले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घरभन्दा केही पर रहेको गोठमा घाँस काटेर गोरुको थलोमा हाल्ने क्रममा गोरुले दाम्लो चुडाएर वृद्धलाई हानेको थियो । चार महिनाअघि सोही गोरुले हानेर न्यौपानेकी बुहारी देवकी न्यौपानेलाई घाइते बनाएको स्थानीयले बताएका छन् ।


Views: 155

