Aamsanchar

छात्रावासबाटै दुई विद्यार्थी बेपत्ता

Author Image
मङ्गलवार, भदौ २८, २०७३

chaatrabaas

पाँचथर ।

पाँचथरको फिदिममा रहेको मेची इङलिस स्कुलमा अध्ययनरत दुई विद्यार्थी गत चारदिनदेखि बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा च्याङथापु–३, पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नगरपालिका–१, नाम्दु बस्ने देउमान राईका छोरा वसन्त राई रहेका छन् ।

पृथ्वी सो विद्यालयको कक्षा ९ मा र वसन्त कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयको छात्रावासमा बसेर पढ्दै आएका उनीहरु गत भदौ २५ गते राति ११ः४५ बजेदेखि एकाएक बेपत्ता भएको विद्यालयले जनाएको छ ।

बिनाकारण सम्पर्कविहीन भएका उनीहरुको खोजी भइरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको विद्यालयका भाइस प्रिन्सिपल कुलराज नेयोङहाङले बताउनुभयो ।

बेपत्ता भएसँगै उनीहरुको परिवार भने चिन्तामा डुबेका छन् । उनीहरु जहाँ रहेपनि चाँडै फर्केर आउन परिवार र विद्यालयले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर