ताप्लेजुङ ।

पहिरोका कारण अबरुद्ध भएको मेची राजमार्गअन्तर्गत ताप्लेजुङ–पाँचथर सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

आइतबार परेको भीषण वर्षापछि गएको पहिरोले अबरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय इलामले सोमबार दिनभर प्रयास गरे पनि सफल हुन सकेको छैन ।

सडकमा ठूलाठूला ढुंगा झरेकाले पन्छाउन समस्या भएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर गौतम श्रेष्ठले जानकारी दिए । सडक अबरुद्ध हुँदा सोमबार बिहानै सो सडक खण्डमा यातायात ठप्प भएका छन् ।


Views: 175

