Aamsanchar

राष्ट्र हित विपरीत संझौता नगर्न पूर्वप्रमको सुझाव

Author Image
मङ्गलवार, भदौ २८, २०७३

Puspakamal_dahal_380025590काठमाडौँ ।

आफ्नो आसन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिनुभएको छ ।

प्रम निवास बालुवाटारमा आज भएको परामर्शका क्रममा पूर्वप्रमहरुले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उचो बनाउन र विगतमा दुई देशबीच भएका विभिन्न सन्धि र सम्झौतालाई कार्यान्वयनमा उतार्न प्रम दाहाललाई सुझाव दिनुभएको थियो ।

उहाँहरुले नेपाल–भारतबीचको सम्बन्ध पुरानो र घनिष्ट रहेको भन्दै यो सम्बन्धलाई अझ बलियो बनाउँदै लैजान प्रम दाहालको भ्रमण सफल रहने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रम शेरबहादुर देउवा, नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रम डा बाबुराम भट्टराई, नेकपा (एमाले)का नेता एवम् पूर्वप्रम माधवकुमार नेपाल र पूर्वप्रम लोकेन्द्रबहादुर चन्दले प्रम दाहाललाई सुझाव दिनुभएको थियो । उहाँले विगतका दुई देशबीच भएका सहमति र सम्झौतालाई अझ प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न खाँचो रहेको बताउनुभयो ।

नेकपा (एमाले)का वरिष्ठ नेता नेपालले आफ्नो दलले दलीय आधारमा प्रम दाहाललाई सुझाव दिइसकेको चर्चा गर्दै नेपाली जनताको शिर उचो बनाउने काम भारत भ्रमणका क्रममा गर्न प्रम दाहाललाई सुझाव दिनुभएको जानकारी दिनुभयो ।
नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले आफूले लिखित रुपमा प्रम दाहाललाई दशबुँदे सुझाव दिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । साउन १९ गते व्यवस्थापिका–संसद्बाट काँग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएका दाहालले यही भदौ ३० गतेबाट भारत भ्रमण गर्दै हुनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर