Aamsanchar

महिला सङ्घमा रेग्मी र पाण्डेबीच प्रतिस्पर्धा हुने

Author Image
मङ्गलवार, भदौ २८, २०७३

nepal-women-association

काठमाडौँ ।

नेपाल महिला सङ्घको अध्यक्ष पदका लागि महिला नेत्री ऊमा रेग्मी र मीना पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।

भोलिबाट हुने सङ्घको तेस्रो महाधिवेशनमा अध्यक्षका लागि काँग्रेसको संस्थापन पक्षले ऊमा रेग्मीलाई र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पाण्डेलाई उठाउने निर्णय गरेको हो ।

संस्थापन पक्षले  पत्रकार सम्मेलन गरी रेग्मीको उम्मेद्वारी घोषणा गरेको हो । रेग्मी २०५८ सालमा भएको सङ्घको पहिलो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालासहितका नेताको आज भएको भेलाले पाण्डेलाई अगाडि सारेको हो । पाण्डे २०५७ सालमा सङ्घको केन्द्रीय तदर्थ समितिको अध्यक्ष हुनुभएको थियो ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा पाण्डेको ठूलो योगदान रहेकाले उहाँलाई आफ्नो तर्फबाट उम्मेदवार बनाउन लागेको बताउनुभयो ।

उहाँले पार्टीभित्रको अन्र्तघातका कारण आफ्नो पराजय भएको बताउँदै अझै पनि सारा काँग्रेस आफ्नो पक्षमा रहेको उल्लेख गर्नुभयो ।

यसैगरी पौडेल समूहका तरुण दलको अधिवेशनका लागि छुट्टै भेला बसेको छ । तरुण दलभित्र देखिएको विवाद समाधान गर्नुपर्ने मागसहित भेला आयोजना गरिएको दलका नेता रमेश खरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी महाधिवेशनको पक्षमा छौँ तर नेतृत्वले २० जिल्लाको अधिवेशन नगराई महाधिवेशनको मिति तोकेकाले हामी आन्दोलनमा उत्रन बाध्य भएका हौँ ।”

उहाँले कुल एक हजार ४०० प्रतिनिधि रहेकामा आधा प्रतिनिधि छनोटै नगरी महाधिवेशन गर्न लागेको भन्दै आपत्ति व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर