Aamsanchar

मैनालीलाई ‘क’ श्रेणीको नेपाल विद्याभूषण

Author Image
बुधवार, भदौ २९, २०७३

14356132_1446485638698702_1324245723_nबिर्तामोड ।
झापा भद्रपुर निवासी डाक्टर लक्ष्मीप्रसाद मैनालीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरेकी छिन् ।
त्रिभुवन विश्व विद्यालयबाट कानून विषयमा पीएचडी गरेका मैनालीलाई शिक्षा दिवसको अवसरमा सो पदकबाट विभूषित गरिएको हो । मैनालीलाई राष्ट्रपति भण्डारीले प्रमाणपत्रसहित पदक प्रदान गरेकी थिइन् । उनले ‘नेपालमा बाल न्याय प्रणाली सम्बन्धी एक समीक्षात्मक अध्ययन’ विषयमा पीएचडी गरेका थिए । भद्रपुर–८ निवासी मैनाली पछिल्लो समय त्रिभुवन विश्व विद्यालय अन्तर्गत नेपाल ल क्याम्पस कानून संकायको सहप्राध्यापकको रुपमा कार्यरत छन् । उनी एलएलएममा फौजदारी कानून विषय अध्यापन गर्छन् । उनले अंग्रेजीमा भाषामा ४ वटा कृति प्रकाशन गरेका छन् । जसमा बालविज्याइँको अवधारणा र सिद्धान्त, नेपालमा बाल न्याय प्रणाली, नेपालमा छुवाछूत सम्बन्धी अपराध र नेपालमा बाल अधिकार र न्याय रहेका छन् । फौजदारी कानून सम्बन्धी पुस्तक उनले सहलेखन गरेका छन् ।
नेपालमा बाल अधिकार र न्याय नामक पुस्तक सम्पादन तथा प्रकाशन गरेर उनले निर्वाह गरेको भूमिकाको कदर गर्दै तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी, त्रिविवि कानून संकायका डिन प्रा.डा. विद्याकेशर राय विमल र फौजदारी कानून विषयक समितिका अध्यक्ष प्रा.डा. रजितभक्त प्रधानाङ्गले प्रशंसा पत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर