Aamsanchar

अदुवा निर्यात समस्या समाधानका लागि समिति गठन

Author Image
बुधवार, भदौ २९, २०७३

aduwaa

काठमाडौँ ।

कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न मन्त्रालयका उपसचिव डा प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यमा कृषि विभाग, कृषि उद्यम केन्द्र, व्यवसायी प्रतिनिधि, वाणिज्य विभागका प्रतिनिधि सहभागी छन् । झापा, काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्जलगायत निर्यातमा समस्या भएका नाका क्षेत्रमा अध्ययन गर्नेछ । अदुवाको गुणस्तरीय उत्पादनको पनि छानबिन तथा अन्य आवश्यक नियमन गरी मन्त्रालयलाई चाँडो प्रतिवेदन बुझाउनेछ ।

मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले समस्या समाधानका लागि नयाँ दिल्लीमा प्रतिनिधि पठाइसकिएको जानकारी दिँदै समितिले अध्ययन गरी दिने प्रतिवेदनका आधारमा समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अदुवाको निर्यात हुन नसकेपछि कृषकले त्यसको उचित वातावरण मिलाइदिन सरकारसँग माग गर्दै आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर