Aamsanchar

ठूलो परिमाणको  लागुऔषधसहित दुई पक्राउ

Author Image
बुधवार, भदौ २९, २०७३

झापा ।

प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई झापाको बुट्टावारीबाट मङ्गलबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका २४ वर्षीय सुवास क्षेत्री र सोही ठाउँका २० वर्षीय संजोग गुरुङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एक हजार ९८० पिस नाइट्रोजन बरामद गरिएको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका क्षेत्री र गुरुङ लागुऔषध ओसारपसार गर्ने मुख्य कारोवारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर