Aamsanchar

ओलम्पिक स्वर्ण पदक चोरी भयो

Author Image
बुधवार, भदौ २९, २०७३

रियो ओलम्पिकमा स्वर्ण जितेको फिजीको रग्बी सेभेन्सका एक खेलाडी मेसिभेसी दाकुवाकाको पदक चोरी भएको छ। फिजीले सबैलाई आश्चर्यमा पार्दै पहिलोपल्ट ओलम्पिकमा समावेश गरिएको रग्बी सेभेन्समा बेलायतलाई फाइनलमा पराजित गर्ने क्रममा स्वर्ण जितेको थियो।
त्यो स्वर्ण फिजीको ओलम्पिक सहभागिताको इतिहासमै पहिलो थियो। आफ्नो स्वर्ण पदक वाकाद्रास्थित घरबाट गत साता चोरी भएपछि दाकुवाकाले स्थानीय पुलिस स्टेशनमा रिपोर्ट दर्ता गराएका थिए। प्रहरीले पनि यसको पुष्टी गरिसकेको छ।
नामाका पुलिसले चोरीको छानबिन भइरहेको बताएको छ। दाकुवाका अन्तिम समयमा फिजीको रग्बी टोलीमा समावेश भएका थिए, जब उनका सहयात्री सावेनाका सावाका घाइते भएर टिमबाट बाहिरिएका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर