काठमाडौँ।

![bfxfn g]kfnsf] #( cf}F k|wfgdGqL g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn g]kfnsf] #( cf}F k|wfgdGqLdf lgjf{lrt ePkl5 clejfbg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;](https://aamsanchar.com/wp-content/uploads/2016/08/Puspa-kamal-dahal-prachanda-1-1-e1470307837978.jpg)

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गर्न लागेको छिमेकी मुलुक भारतको भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने मार्गमा केन्द्रित हुने बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा भोलिदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उहाँले नेपाल र भारतबीच रहँदैआएको सहयोगात्मक सम्बन्ध विस्तार गर्न आफ्नो भ्रमणबाट थप सहायोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारतको चारदिने राजकीय भ्रमणका लागि भोलि त्यसतर्फ जाँदै हुनुहुन्छ ।
भारत भ्रमणबाट दुई देशबीच विश्वासको अभिवृद्धि हुनुका साथै विगतमा भएका आर्थिक र भौतिक पूर्वाधारसम्बन्धी परियोजना निर्माणका बारेमा छलफल र विचारविमर्श हुने प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुभयो ।
वीरगन्जमा रहेको चेकपोस्टलाई कार्यान्वयन गर्दै भैरहवा र विराटनगरलगायतका स्थानमा एकीकृत चेकपोष्टको शीघ्र निर्माण पूरा गर्ने तथा सहुलियत प्राप्त गर्ने विषयमा कुराकानी हुनुका साथै नेपालको व्यापारघाटा कम गर्न, सीमापार रेल सेवा विस्तार छिटो सम्पन्न गर्ने विषयमा समेत छलफल र विचारविमर्श हुने प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपाल–भारत सीमा क्षेत्रमा हुँदै आएको डुबान समस्या समाधान गर्न गहनरुपमा छलफल गरिने तथा विशाखापटनम नाका प्रयोगका सम्बन्धमा विगतमा भएको सहमतिलाई समयानुकुल बनाउन संशोधनसम्बन्धी सहमतिपत्र आदानप्रदान गरिनेछ ।
प्रधानमन्त्री दाहालले बैठकमा आफनो भारत भ्रमणसम्बन्धी कार्यक्रम र भ्रमण दलमा रहने व्यक्तिको बारेमा जानकारी दिनुभएको थियो ।

