Aamsanchar

लोकमान नियुक्तिको फाइल भूकम्पमा पुरियो

Author Image
बुधवार, भदौ २९, २०७३

काठमाडौं:1465736181Lokman

मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसँग सम्बन्धित निर्णय फाइल भूकम्पका कारण फेला पार्न नसकिएको जवाफ सर्वोच्च अदालतमा पठाएको छ ।

कार्कीको नियुक्तिबारे अधिवक्ता ओमप्रकास अर्यालले दिएको पुनरावलोकनमा सर्वोच्चको आदेश अनुरुप जवाफ दिंदै मन्त्रिपरिषद र सामान्य प्रसाशन मन्त्रालयले उक्त प्रतिक्रिया दिएको हो ।

निवेदक अर्यालले गत भदौ २१ गते सर्वोच्चलाई यस्तो व्यहोराको जवाफ प्राप्त भएको जानकारी अन्नपूर्णलाई दिए । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्ति गर्ने निर्णयको सक्कल कागज र २०६३ सालमा कार्कीलाई सोधिएको स्पष्टीकरण पत्र पेश गर्न आदेश दिएको थियो ।

‘सर्वोच्चको चिठी प्राप्त भयो । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट यस कार्यालयको भवनमा क्षति पुग्न गई नयाँ भवनमा कार्यालय सरेको कारणबाट उल्लेखित फाइल फेला पर्न नसकेको हुँदा उक्त फाइल फेला पर्नासाथ उपलब्ध गराइने ब्यहोरा निर्णयानुसार अनुरोध छ,’ मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रमान गुरुङले सर्वोच्चलाई पठाएको जवाफमा भनिएको छ ।

सामान्य प्रशासन मन्त्रालयले पनि दश बर्ष पुरानो अभिलेख रहेका कारण फेला पार्न नसकिएको जवाफ सर्वोच्चलाई पठाएको छ ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर