Aamsanchar

प्रम दाहालबाट विहीबार देखि भारतको राजकीय भ्रमण

Author Image
बिहिवार, भदौ ३०, २०७३

k|d;Fu g]kfn kqsf/ dxf;ª3 k|wfgdGqL k'iksdn bfxfn dªunaf/ k|wfgdGqL lgjf; afn'jf6f/df g]kfn kqsf/ dxf;ª3sf kbflwsf/Lsf] e]6sf qmddf af]Nb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल १२५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विहीबारदेखि गणतन्त्र भारतको राजकीय भ्रमण सुरु गर्दै हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिन लामो भारतको राजकीय भ्रमणमा निस्कन लाग्नुभएको हो ।

भ्रमण दलमा प्रधानमन्त्री दाहालका धर्मपत्नी सीता दाहाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद नारायण चौधरी, लालबाबु रावत, योगेन्द्र चौधरी, टेकबहादुर बस्नेत र जङ्गीलाल राय सहभागी हुनुहुनेछ ।

त्यसैगरी, भ्रमण दलमा ५० जना सरकारी सदस्यमध्येमा प्रधानमन्त्रीको ‘कोर टिम’ २६ जना, उहाँका सल्लाहकार छ जना, सुरक्षा टोलीमा तीन जना, सञ्चारकर्मीको टोलीमा सात जना र भारतस्थित राजदूतावासबाट आठ जना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको कोर टिममा राजनीतिक दलका प्रतिनिधि, परराष्ट्र सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्रकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङ, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रासाद उपाध्याय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी र सिँचाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर रहनुभएको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र मामिला सल्लाहकार डा ऋषिराज अधिकारी, स्वकीय सचिवद्वय प्रकाश दाहाल र रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य र निजी चिकित्सक डा युवराज शर्मा प्रतिनिधिमण्डलमा सहभागी हुनुहुनेछ ।

त्यस्तै, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेलवासे र अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल सहभागी हुनुहुनेछ ।

परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी र दक्षिण एसिया महाशाखाका उपसचिव हरिप्रसाद ओडारी, मन्त्रालयका उपसचिव प्रकाश अधिकारी, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठक र शिष्टाचार अधिकृत प्रथमा उप्रेती पनि प्रतिनिधिमण्डलमा हुनुहुनेछ ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल–भारत उद्योग वाणिज्य सङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका प्रतिनिधि र अन्य व्यवसायी गरी ४१ जना पनि भ्रमण टोलीमा छन् । टोलीमा निजी क्षेत्रका ३४ जनाभन्दा बढी पत्रकार समावेश छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण कार्यक्रम

विहीबार भारत पुगे लगत्तै प्रधानमन्त्री दाहालको नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।

नेपाली दूतावासले आयोजना गर्ने सो कार्यक्रममा भारतमा रहेका नेपाली उद्योगी व्यवसायी, विद्यार्थी, राजनीतिक कार्यकर्ता र सञ्चारकर्मीलाई निम्त्याइएको छ ।

प्रधानमन्त्री दाहाल भदौ ३१ गते राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा सहभागी हुनुहुनेछ भने सोही दिन महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ ।

सोही दिन प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिसँगको भेटवार्तालगत्तै उहाँले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकारका वरिष्ठ मन्त्री एवम् पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।

यस्तै, प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशमा निर्माणाधीन नाथ्पा झाँक्री जलविद्युत् परियोजनाका साथै हरिद्वारमा रहेको पतञ्जली योगपीठ र त्यससँग सम्बन्धित विभिन्न उद्योगको समेत निरीक्षण गर्नुहुनेछ ।

त्यसैगरी, प्रधानमन्त्री दाहालले नयाँ दिल्लीमा बसोबास गर्दै आएका नेपाली समुदायका उद्योगी तथा व्यवसायीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । सबै कार्यक्रम सम्पन्न गरेर प्रधानमन्त्री दाहाल आगामी असोज २ गते स्वदेश फिर्ता हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर