
चितवन ।

भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले खेतीयोग्य जमिनलाई प्लटिङ गर्न रोक लगाउने तयारी थालेको बताउनुभएको छ ।

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले पछिल्लो समयमा खेतीयोग्य जमिन समेत प्लटिङ गरी आवासमा परिणत भएकाले यसलाई रोक्न नीतिनिर्माणको काम भइरहेको बताउनुभयो ।

मापदण्डबिना गरिएका प्लटिङ रोकी बसोबासयोग्य जमिन र खेतीयोग्य जमिनका रुपमा जग्गालाई वर्गीकरण गरी उपयोगमा ल्याउन सरकारले मापदण्ड तयार गर्न लागेको मन्त्री पाण्डेले जानकारी दिनुभयो ।
Views: 159


