Aamsanchar

हराएका १८ महिला फेला परेनन्

Author Image
शुक्रवार, भदौ ३१, २०७३

बनेपा ।

काभ्रेपलाञ्चोकबाट चालु आर्थिक वर्षको दुई महिनामा हराएका १८ जना महिला अझै फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय, धुलिखेलले दिएको जानकारीअनुसार आव २०७३÷७४ मा २३ महिला हराएकामा पाँचजना फेला परेका छन् । सो आवमा ६ जना बालबालिकासमेत हराएका छन् ।

त्यस्तै, आव २०७२÷७३ मा ८० महिला हराएकामा २३ जना फेला परेका छन् भने ५७ जना अझै फेला परेका छैनन् । आव २०७१÷०७२ मा ७६ महिला हराएकामा ४२ जना फेला परेका छन् भने ३४ जना अझै फेला परेका छैनन् । “लामो समयदेखि हराएका महिला फेला पार्न कठिन छ, तर हामीले खोजतलास जारी राखेका छौँ”, प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले भन्नुभयो ।

उहाँले भूकम्पपछि महिला हराउने क्रम बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै कतिपय पीडितले महिला हराएको प्रहरीमा दर्ता गर्ने तर सम्पर्कमा आएको जानकारी नदिने पनि समस्या देखिएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)