Aamsanchar

सरकारी निकायकै कारण सडक निर्माणमा ढिलाई

Author Image
शुक्रवार, भदौ ३१, २०७३

उदयपुर।

Girls pulling scooter

सुनसरीको नदाहा हुँदै सप्तरीको कञ्चनपुरसम्मको सडक निर्माण कार्यमा ढिलाई भएको छ ।

नेपाल विद्युत् प्राधिकरण, वन तथा वातावरण मन्त्रालयका कारण सडक निर्माणमा ढिलाई भएको हो ।

यो सडकखण्डमा पर्ने पक्की पुल निर्माण कार्यले भने तिव्रता पाएको छ । तर प्राधिकरणले सुनसरी, उदयपुर र सप्तरी सडकखण्डमा रहेका विद्युत् पोल हटाउन ढिलाई गर्दा सडक निर्माणमा ढिलाई भएको हो ।

त्यसैगरी वन तथा वातावरण मन्त्रालयले सडकका लागि वातावरणीय प्रभाव मूल्यांकन र रुख कटान गर्ने काममा समेत ढिला गरेको सडक निर्माण कम्पनीले जनाएको छ ।

नदाहा–चतरा–रामपुर–बसाहा–फत्तेपुर र कञ्चनपुर ६२ किलोमिटर सडकमा १९ वटामध्ये ठूला र लामा चारवटा पक्की पुल निर्माण भइसकेका छन् ।

सरकार र एसियाली विकास बैंकको २ अर्ब १९ करोड रुपैयाँ लागतमा निर्माण हुने सडक अगामी आर्थिक वर्षसम्म सम्पन गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)