Aamsanchar

नेपाल पसेका ३ जना भारतीय प्रहरीलाई गाउँलेले समाते

Author Image
शुक्रवार, भदौ ३१, २०७३

कञ्चनपुर,

indian-police

हतियारसहित नेपाल प्रवेश गरेका तीन जना भारतीय प्रहरी र एकजना युवकलाई बेलौरीका स्थानीय बासिन्दाले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।

चोरीको मोटरसाइकल नेपाल ल्याएको भन्दै हतियारसहित नेपाल प्रवेश गरेका भारतको कम्पोजनगर चौकीका सइ सुवासचन्द्र, प्रदीप कुमार,अर्जुन सिंह र भारतीय नागरिक श्रवण कुमारलाई स्थानीय बासिन्दाले समातेर प्रहरीलाई बुझाएका हुन् ।

पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । उनीहरुलाई हतियारसहित नेपालमा प्रवेश गरेकाले बेलौरी नगरपालिका–२ भुडाबाट स्थानीय बासिन्दाले समातेर प्रहरीलाई बुझाएको कञ्चनपुरका प्रहरी प्रमुख तुलसी अधिकारीले जानकारी दिनुभयो ।

हिजो बिहीबार पक्राउ परेका उनीहरु चार जनालाई शुक्रबार भारतीय प्रहरीका एसएसपी राजेश्वरी सिंहलाई जिम्मा लगाइने र भारतीय प्रहरीले नै उनीहरुमाथी छानविन गरी कारवाही गर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१