Aamsanchar

होटलबाट आपत्तिजनक अवस्थामा ५ जना पक्राउ

Author Image
शनिवार, असोज १, २०७३

झापा।
झापाको दमकबाट प्रहरीले आपत्तिजनक अवस्थामा होटल सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीको विशेष टोलीले दमक–१४स्थित सपना होटलबाट होटल सञ्चालक पद्मा कार्कीसहित तीन महिला र एक पुरुषलाई पक्राउ गरेको बताइएको छ ।
होटल सञ्चालकले युवती राखेर अनैतिक क्रियाकलाप गराउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको बताइएको छ । पछिल्लो समय दमकमा सञ्चालित होटलमा अनैतिक क्रियाकलाप बढेको जनगुनासो आएपछि प्रहरीले यस्तो कार्य रोक्न विशेष सतर्कता अपनाएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए ।
यता प्रहरीले झापामा सञ्चालित होटलबाट एक महिनाको समयमा अनैतिक क्रियाकलापमा संलग्न भएको अवस्थामा ५१ जना जोडीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये केहीलाई सार्वजनिक अपराध मुद्दा चलाएको छ भने केहीलाई मानव वेचविखन मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले एक महिनाको अवधिमा सबैभन्दा धेरै बिर्तामोडमा सञ्चालित होटलबाट होटल सञ्चालक सहित त्यस्तो गतिविधिमा संलग्नलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१