Aamsanchar

टाटाको टियागो कार अब मेचीमा

Author Image
शनिवार, असोज १, २०७३

14407672_10205556224143428_1877150386_n

बिर्तामोड ।
मेचीमा पहिलो पटक आलस्का अटो मोबाइल प्रालि बिर्तामोडमा अब टाटा मोटर्सको नयाँ टियागो कारको विशेष समारोहका वीच औपचारिक शुभारम्भ भएको छ ।
भारतीय अटो मोबाइल कम्पनी टाटामा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रोता सिप्रदी टे«डिङ प्रालिले टाटा मोटर्सको सो कार नेपालमा भित्र्याएसँगै आलस्का अटो मोबाइलको पनि यो सेवा उपलब्ध हुने भएको छ ।
सिप्रदीको मेची अञ्चलका लागि आधिकारिक डिलरका रुपमा रहेको आलस्कामा टाटा मोटर्सको नयाँ टियागो शुक्रबारबाट बिक्री वितरण शुरु गरिएको छ । यातायात क्षेत्रमा नयाँ आविस्कार र अत्याधुनिक प्रविधिको प्रयोग गर्न सफल टाटा मोटर्सले नेपालको भूगोल सुहाउँदो उक्त कार उत्पादन गरेको बताइएको छ ।

tata
बिर्तामोडस्थित आलस्काको कम्पाउण्डमा शुक्रबार टाटा मोटर्सका नेपाल र भूटानका कन्ट्री मेनेजर हेमन्त पुरानिकसिप्रद्धिका सेल्स एण्ड माकेटिङ मेनेजर अर्जुन कार्की , आलस्का अटो मोवाइल्स प्रालि बिर्तामोडका प्रबन्ध निर्देशक प्रकाश शिवाकोटी र सुन चादी व्यवसायी संघ झापाका उपाध्यक्ष राम ल्वाागुन (तिलक विक)ले संयुक्त रुपमा उक्त कारको एक समारोहकाबीच लञ्च गरेका छन् । प्रालिका प्रबन्ध निर्देशक प्रकाश शिवाकोटीले नेपालको भुगोल सुहाउँदो टाटा मोटर्सले नयाँ कार ल्याएको र मेची अञ्चलका लागि आफूले यो सेवा यहीबाट प्रदान गर्न लागेको बताए ।
नयाँ बहुमुखी विशेषतासहित बजारमा ल्याइएको उक्त कार विश्वासिलो चुस्त एवम् साहसिक टाटाले अत्याधुनिक इन्टेरियरको समेत प्रतिनिधित्व गर्ने र आगामी दिनमा थप नयाँ ब्रान्डका कार बजारमा ल्याउने टाटा मोटर्सका कन्ट्री डाइरेक्टर पुरानिकले बताए । नयाँ टियागो कार उद्घाटन समारोहमा स्वागत गर्दै प्रालिका प्रबन्ध निर्देश्क शिवाकोटीले मेची अञ्चलका ग्राहकका लागि आफूले यो सेवा शुरु गरेको र जस्तोसुकै परिस्थितमा पनि ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै अघि बढ्ने धराणा राखे । उनले भने– ‘ग्राहकको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो ।’
कार्यक्रममा टाटा मोटर्सको बिक्रेता सिप्रदीका सेल्स एण्ड मार्केटिङ मेनेजर अर्जुन कार्की, सुनचादी व्यवसायी संघ झापाका उपाध्यक्ष राम ल्वागुन लगायतले बोलेका थिए । कार्यक्रममा आलस्काका कर्पोरेट मेनेजर सञ्जिव ओलीले धन्यवाद ज्ञापन गरेका थिए ।
यस्ता छन् नयाँ टियागोका कारका आकर्षक बडी वीथ सार्प लाइन, सिक्नेचर हेग्जागन, ग्रिल, नयाँ र बहुमुखी यस कारका विशेषता हुन् । जसका कारण टाटा टियागोले अत्याधुनिक इन्टेरियलको समेत प्रतिनिधित्व गर्ने सिप्रदी टे«डिङका डिलर डेभलपमेन्ट अफिसर गोविन्द घिमिरेले बताए ।
यसको अन रोड पर्फमेन्स्को लागि नयाँ रिभोटर्न १.२ लि.पेट्रोल इन्जिन रहेको छ । उत्कृष्ट फ्यूल क्षमता प्रमाणित सर्टिफिकेट (रिभोटर्न १.२ लि.ः२३.८४ कि.मि.÷लि.) रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै नयाँ जमानाको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्यूल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङ्गको अनुभव प्रदान गर्ने जनाइएको छ ।
यसमा ३ वटा डाइनामिक भेरियन्टहरु एक्सइ, एक्सएम र एक्सजेटमा उपलब्ध छ । यो कार ६ वटा आकर्षक रङ्गहरु स्ट्राइकर ब्लू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र प्लाटिनम सिल्भरमा उपलब्ध रहेको बताइएको छ । नयाँ जेनेरेशन, हरमन प्रविधिको कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम रहेको छ । यसको मूल्य रु.२२.५५ लाख बाट शुरु हुने नयाँ रिभोटर्न १.२ लि.पेट्रोल इञ्जिनमा उपलब्ध हुने जनाइएको छ ।
पुने, यू.के. र ईटलीको डिजाइन स्टुडियोहरुद्वारा अत्याधुनिक तवरमा निर्मित टाटा टियागोको बाहिरी बनावटमा डाइनामिक सिलहुट प्रयोग गरिएको छ जसले गाडीको उत्कृष्ट डिजाइन र कम्प्याक्ट लुकको प्रतिनिधित्व गर्दछ । सिग्नेचर हेग्जागन ग्रिलमा भर्टिकल पोजिसनमा राखिएको तीनवटा नयाँ टी लोगोले बोल्ड र विश्वस्त बनावटसहित गाडीलाई चुस्त एवम् आकर्षक लुक प्रदान गर्दछ । यसका इन्टेरियर डिजाइनहरुलाई प्रिमियम अनुभव प्रदान गर्नका निमित्त अत्याधुनिक तवरले निर्माण गरिएको छ ।
यसका क्रोम ह्यान्डल, निटेड फ्याब्रिक, कलर हार्मोनी, ड्यूल टोन इन्टेरियरसहित लेयर्ड डिजाइन थिम, कस्टुमाइजेबल एयर भेन्टस्, फ्याब्रिक प्रिमियम ग्राफिक, बडी हगिङ्ग सिट ब्लोल्सर्टस् आदि मनमोहक विशेषताहरुले सबैलाई आफूतिर आकर्षित गर्ने निश्चित भएको सिप्रदी ट्रेडिङका डिलस डेभलप्मेन्ट अफिसर गोविन्द घिमिरेले बताए । काठमाडौंपछि कोशी र मेचीमा यसको सेवा शुरु भएको कार्यक्रममा बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)