Aamsanchar

गहना र नगद चोर्ने होटलका कामदार पक्राउ

Author Image
शनिवार, असोज १, २०७३

सुनसरी।
सुनसरीको इटहरी–८स्थित सिद्धकाली होटलबाट नगद तथा सुनका गहना चोरी गरी फरार भएका एक कामदारलाई प्रहरीले चोरीको सामानसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला भोजपुर आमतेक–५ बाँसबोटे घर भई सोही होटलमा काम गर्ने २३ वर्षीय महेश सुन्दास रहेका छन् ।
एक साता अघि होटलको रुम व्याइका रुपमा नियुक्त भई काम गरेका सुन्दासले विहीवार विहान ११ः३० बजे होटल धनी मानबहादुर कटुवालको १ लाख ९४ हजार ४ सय ५८ रुपैयाँ, सुनको १ तोलाको बाला, आधा तोलाको तिलहरी, ६ आनाको आंैठी, १० आनाको चाँदीको पाउजु, १ तोलाको चाँदीको कल्ली, नागरिकता र तमसुक कागज चोरी गरी फरार भएका थिए । घटना बारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले सुन्दासको खोजी शुरु गरेको थियो । प्रहरीले सुन्दासलाई इटहरी बसपार्कबाट बस चढेर भाग्न लाग्दा चोरीको सामानसहित पक्राउ गरेको हो । पक्राउ परेका सुन्दासलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर