Aamsanchar

सर्पले डसेर मृत्यु भएकी युनाको परिवारलाई सहयोग

Author Image
शनिवार, असोज १, २०७३

balika

बिर्तामोड ।
बिर्तामोड–१ जगतवस्तीमा गत साता सर्पको डसाइबाट मृत्यु भएकी बालिकाको परिवारलाई विभिन्न संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।
गत भदौ २१ गते आफ्नै घरभित्र सर्पले डसेर मृत्यु भएकी पाँच वर्षीया युना परियारको परिवारलाई स्थानीयवासीहरुले आर्थिक संकलन गरी दाहसंस्कार तथा काजकिरियाको काममा सहयोग गरेको समाजसेवी राम रोक्काले वताए । आर्थिक सहयोग गर्ने क्रममा जगतवस्ती घर भई अमेरिकामा बसोबास गर्ने सञ्जीव बस्नेतले पठाएको १२ हजार छ सय १३ रुपैयाँ मृतकका हजुरबुबा सहवीर दर्जीलाई शुक्रवार हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी यसअघि पनि स्थानीयहरुले करिब २५ हजार रुपैयाँ उठाइ मृतकका परिवारलाई हस्तान्तरण गरेका थिए । अमेरिकाबाट पठाएको रकम हस्तान्तरण गर्ने क्रममा मृतकका हजुरबुबा दर्जीले दशगात्र कार्यमा खर्च भएर बाँकी रहेको रकम नातिनी युनाको नाममा कुनै विद्यालयमा अक्षय कोष खडा गरी गरीब, विपन्न तथा असहाय बालबालिकाको अध्ययनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी भक्ति मैनाली, राम रोक्का, गोपाल ल्वागुन, अर्जुन बस्नेत लगायतको सहभागिता रहेको थियो । मृतक युना बिर्तामोड–१ स्थित वुद्ध स्मृति वोर्डिङ्ग स्कूलमा कक्षा नर्सरीमा अध्ययनरत् थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)