Aamsanchar

गंगामायालाई अदालतले लिन थाल्यो बयान

Author Image
आइतवार, असोज २, २०७३

काठमाडौ ।gangamaya

आफ्ना छोराको हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयदेखि संघर्ष गर्दै आइरहेकी गंगामाया अधिकारीसँग चितवन जिल्ला अदालतले आज (आइतबार)बाट बयान लिन सुरु गरेको छ ।

बयानका लागि अदालतले चितवन उपस्थित हुन भनेपनि अधिकारीको स्वास्थ्य अवस्था ठीक नभएकाले वीर अस्पतालमै पुगेर बयान बयान सुरु गरिएको हो ।

मुद्दामा प्रमाण जुटाउन बयान लिइएको अदालतले जनाएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले अनुसन्धानका लागि मुद्दा अझैपनि फितलो नै रहेको भन्दै दोषीलाई कारवाही गर्न पूर्ण प्रमाण संकलन गर्नुपर्ने बताए ।

मानवअधिकारवादी चरण प्रसाईले चितवन जिल्ला अदालतले सुरु गरेको बयानले धेरै कुरा खुल्ने विश्वास व्यक्त गरे ।

न्यायका लागि पटक पटक अमरण अनशनसमेत बसेकी अधिकारीले छिटै नै न्याय पाउनुपर्ने प्रसाईको भनाइ छ ।

Views: 156

प्रतिक्रिया (०)