Aamsanchar

आजदेखि तीन दिनसम्म संविधान दिवस मनाउने

Author Image
आइतवार, असोज २, २०७३

काठमाडौं ।

download

सरकारले आजदेखि तीन दिनसम्म संविधान दिवस मनाउन सबैमा अपील गरेको छ ।

गत वर्षको असोज ३ गते संविधान सभाबाट संविधान घोषणा भएको सम्झनामा तीनसम्म यो दिवस मनाउन लागिएको हो ।

यसै सन्दर्भमा संसदले आइतबार विशेष समारोह आयोजना गरेको छ । दिउँसो हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, विशिष्ट कर्मचारी, सांसदलगायतको उपस्थिति हुने संसद सचिवालयले जनाएको छ ।

यता, देशमा संविधान दिवस तीन दिनसम्म मनाउन सरकारले आम नागरिकलाई अपील गरेका बेला स्वयं राज्य संयन्त्रको उपल्ला तहमा रहनेहरु भने केही कार्यक्रम उपस्थित नहुने भएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन असंलग्न देशको शिखर सम्मेलनमा भाग लिन भेनेजुयला गएकाले सहभागि हुन नसक्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबारको मूल समारोहमा सहभागी भएर अमेरिका जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर