Aamsanchar

हिन्दूराज्य घोषणा गर्न माग

Author Image
आइतवार, असोज २, २०७३

काठमाडौं ।susilakarki5

राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको कार्यकक्षमा पुगी मञ्चका अध्यक्ष अर्जुनसिंह विष्टले नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य घोषणा गर्नुपर्ने, पाँच विकास क्षेत्र यथावत् कायम गर्नुपर्ने लगायत माग राखी ज्ञापनपत्र बुझाएका हुन् ।

मञ्चले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई पनि ज्ञापनपत्र बुझाइसकेको जनाएको छ । माग कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी मञ्चले दिएको छ ।

Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर