Aamsanchar

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खानेलाई मुद्दा

Author Image
आइतवार, असोज २, २०७३

nakkali sartifi

काठमाडौँ  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै सुनसरीका एक शिक्षक उपर आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

सुनसरीको नरसिंह– ७ स्थित जनता प्राथमिक विद्यालयका शिक्षक युवककुमार मुखियाले अनुुसन्धान तथा छानविनका क्रममा २०५७ सालमा राष्ट्रसेवक प्राविमा शिक्षक पदमा नियुक्ति एवम् बहाल तथा लाभ सुविधा लिने उद्देश्यले भारत बिहारको पटनास्थित इन्टरमिडियट एजुकेशन काउन्सिलअन्तर्गतको जिएम साइन्स कलेज, मधिपुराबाट सन् १९९६ मा आइ एस्सी उत्तिर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी ओहोदा तथा लाभ सुविधा लिई साविक भ्रष्टाचार गरेको देखिएको आयोगका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टी हुन आएकाले उक्त कार्यमा संलग्न शिक्षक मुखियालाई सजायको माग गर्दै आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर