Aamsanchar

राजगढ केन्द्र हुनुपर्ने माग

Author Image
सोमवार, असोज ३, २०७३

gherauइतिहास मेटाउन खोजिएको भन्दै  जिविस घेराउ

भद्रपुर ।

स्थानीय तह पूर्नसंरचनामा झापाको राजगढ गाविसको इतिहास मेटाउन खोजिएको भन्दै राजगढबासीले आइतबार जिल्ला विकास समिति झापाको कार्यालय घेराउ गरेका छन् ।

दश वटा यात्रुवाहक तथा दजनौ मोटरसाइकल सहितको शान्तिपूर्ण विरोध ¥यालीका साथ झापाको सदरमुकाम भद्रपुुरका आएका राजगढबासीले जिविस कार्यालय घेरा गर्दै नारावाजी गरेका थिए ।

विरोधमा उत्रिएका स्थानीयले हातमा राष्ट्रिय तथा कालो झण्डा बोकेर भुगोल हाम्रो जुनसुकै होस, केन्द्र हाम्रो राजगढ होस, जिल्लाको निर्णय खारेज गर, राजगढ केन्द्र लागु गर भन्दै चर्को नाराबाजी समेत गरेका थिए । स्थानीयको भिडलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिविस गेट अगाडी रोकेका थिए ।

जिविस कार्यालय घेरा पश्चात राजगढ सघर्ष समितिका संयोजक देवीप्रसाद ओझाको नेतृत्वमा गएको १५ जनाको टोलीले जिविसका योजना तथा अनुगमन अधिकृत दीपक दाहाललाई गाउपालिको नाम र केन्द्र संसोधन गरिनुपर्ने माग सहित ज्ञापनपत्र बुझाएका थिए । संयोजक ओझाले ज्ञापनपत्र बाचन पश्चात योजना अधिकृत दाहाललाई बुझाएका थिए । सो ज्ञापनपत्र स्थानीय तह पुनः संरचना आयोग काठमाण्डौं, जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला स्थित राजनैतिक दलहरुलाई बोधार्थ दिएका छन् । राजगढबासीसंग छलफल, अन्तरक्रिया, सुझाव तथा सल्लाह नलिई हचुवाको भरमा अवैज्ञानिक निर्णय गरिएको भन्दै ७ दिन भित्र जिविसले आफ्नो निर्णय सच्चाई राजगढबासी र सरोकारवालापक्षसंग अन्तरिक्रया गराई माग सम्बोधन गरिनु पर्ने नभए असोज १० गतेदेखि दोस्रो चरणको आन्दोलनमा उत्रिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै योजना अधिकृत दाहालले केन्द्रवाट आएको छोटो समयको अभावले सवे क्षेत्रमा गएर अन्तरक्रिया गर्ननसकेको हुदा आएको सुझावलाई सकरात्मक लिदै सम्बन्धित निकायमा जानकारी गराइने बताए । राजगढमात्र नभएर अन्य क्षेत्रका स्थानीयले पनि सुझाव दिने क्रम जारीरहेकोले जिविसले गम्भिर रुपमा लिएको बताए । ऐतिहासिक र जनसंख्याको आधारमा, नेपालको पुरानो नक्साको आधारमा, राजगढ दक्षीणी झापाको मुख्य बजार भएको, प्रस्तावित भुगोलको आधारमा झण्डै आधा जनसंख्या भएको, हुलाकी राजमार्ग मध्य भाग हुदै गएको लगायतका विभिन्न सोह्र बटा मुख्य आधारहरु ज्ञापन पत्रमा उल्लेख गरिएको संर्घष समितिका संयोजक ओझाले बताए ।

भदौ २७ गते जिल्ला विकास समितिमा राजनीतिक दलका जिल्ला तथा केन्द्रीय नेता सम्मिलित छलफलमा झापामा एउटा उपमहानगरपालिका, ७ वटा नगरपालिका र ३ वटा गाउपालिका गरी ११ वटा स्थानीय तह रहने प्रस्ताव गरेको थियो । जस अन्तरगत राजगढ, डागाबारी, गोलधाप र चकचकी गाविसलाई समेटेर बाह्दशी गाउपालिका नामकरण गर्दै चकचकी बजार केन्द्र रहने गरि गरिएको प्रस्तावको विरोधमा राजगढवासी आन्दोलित बनेका हुन । सो प्रस्तावलाई तत्काल सच्चाउदै ऐतिहासिक र जनसख्याको आधारमा राजगढ नामकरण गरिनुपर्ने, पूर्वाधारको आधारमा राजगढ बजार केन्द्र बनाउनु पर्ने र घेरवारी गाविस भवन अदुवा खोला पश्चिम घेरावारी सम्पूर्ण भु भाग समेटनु पर्ने तीन बुदे माग राख्दै राजगढबासी जिविस र जिल्लास्तरीय राजनितिकदले गरेको निर्णयको विरोधमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर