Aamsanchar

विद्युत् हुकिङ गर्ने ४० जना पक्राउ

Author Image
सोमवार, असोज ३, २०७३

Biddhut-Chuhawot-372x182

सप्तरी ।

नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण शाखा र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत् चोरी गरी उपभोग गर्ने  ४० जनालाई आइतबार पक्राउ गरेको छ ।

संयुक्त टोलीले अनियन्त्रित हुकिङ प्रयोग गरी विद्युत् चोरी गरी उपभोग गर्दै गरेको अवस्थामा जिल्लाको कोचाबखारी, गोविन्दपुर, सखडा, इटहरी विष्णुपुर, बोरियाबाट एक दजर्न व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसअघि करिब २८ जनालाई पक्राउ गरी प्रत्येक व्यक्तिबाट रु पाँच हजारका दरले जरिवाना लिई छाडिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर
गोरखकाली पूजा, गोरख सन्देश ?
बुधवार, असोज ९, २०८१
आज अष्टमी श्राद्ध
बुधवार, असोज ९, २०८१