Aamsanchar

विद्यालय कर्मचारीलाई दरबन्दीमा ल्याउन माग

Author Image
सोमवार, असोज ३, २०७३

काठमाडौँ ।

विद्यालय कर्मचारी सङ्गठनले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दीमा ल्याउन माग गरेको छ ।

सङ्गठनले शिक्षा ऐनले अस्थायी शिक्षकलाई प्रतिस्पर्धा वा सुविधासहित स्वेच्छिक अवकाशको व्यवस्था गरे झैँ आफूहरुलाई पनि एक पटकका लागि भए पनि दरबन्दीमा ल्याउने व्यवस्था मिलाउनुपर्ने माग गरेको हो ।

सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर ढकालले भन्नुभयो– “विद्यालय कर्मचारी अत्यन्त न्यून सुविधा मासिक रु दुई हजारदेखि छ हजारमा काम गरेर बाँच्न सक्ने अवस्था नरहेकाले हामीलाई पनि सरकारले हेर्नुप¥यो ।”

उहाँले शैक्षिक तथ्याङ्क विवरण सङ्कलन कार्य पनि झारा टार्ने किसिमको मात्र भएको गुनासो गर्दै माथिल्लो तहको मात्र विवरण सङ्कलन हुने गरेको आरोप लगाउनुभयो ।

उहाँले संशोधित शिक्षा ऐन कार्यान्वयनमा आफ्नो सङ्गठनको समेत सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर