Aamsanchar

पाँचथरमा कच्चा तेल उत्पादन सुरु

Author Image
सोमवार, असोज ३, २०७३

dhasingreपाँचथर ।

पाँचथरको दुई वटा गाविसबाट धसिङ्ग्रेको कच्चा तेल उत्पादन गर्न सुरु भएको छ ।
विभिन्न औषधिजन्य वस्तुका रुपमा प्रयोग गर्न सकिने धसिङ्ग्रे उत्पादन जिल्लाको लुङरुपा र सिदिनगाविसबाट एकैसाथ सुरु गरिएको हो ।
वनमा आफैँ उम्रिएको धसिङ्ग्रेको पात उसिनेर यसलाई मेसिनमा लगेर पिसेर तेल निकाल्ने गरिन्छ । यो तेल युरोपलगायतका मुलुकमा लगेर प्रशोधन गरेर सन्चो, मालिस गर्ने तेल, मुभ बनाउन प्रयोग गरिने बताइएको छ ।
सिदिन–३ स्थित बूढीथाम जडीबुटी तथा तेल उत्पादन केन्द्र र लुङरुपा–२ स्थित मकैबारी ठूलीटार सामुदायिक वनले कच्चा तेल उत्पादन गर्न सुरु गरेको सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ पाँचथर जिल्ला अध्यक्ष देवी न्यौपानेले यो धसिङ्ग्रेको तेल अहिले दुई वटा उद्योगबाट दैनिक पाँच लिटर सम्मकच्चा तेल उत्पादन हुने र यो प्रतिलिटर रु दुई हजारदेखि तीन हजारसम्म बिक्री हुने गरेको बताउनुभयो ।

कर्मचारीको तलब कटाएर पनि दुवै उद्योगबाट मासिक रुपाँच लाखसम्म सामुदायिक वनले आम्दानी गर्ने अध्यक्ष न्यौपानेले बताउनुभयो । यो तेल काठमाडौँका विभिन्न कम्पनीमा खपत हुँदै गरेको बूढीथाम जडीबुटी तथा तेल उत्पादन केन्द्रका सचिव कृष्णकुमार गुरुङले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर