एजेन्सी ।
जापानलाई मेहिनेत गर्ने र काममा डुब्ने मानिसको देश भनेर चिनिन्छ । तर यो देश आफ्नोे भर्जिन बढिरहेका मानिसका कारणले चिन्तामा छ ।
यद्यपि देशको धेरै जनसँख्या लाई सेक्समा रुचि नै छैन् । साथसाथै विहे नगर्ने मानिसको सँख्या पनि चिन्ताजनक नै छ । जसका कारण जनसँख्या वृद्धिमा अंकुश लागेको छ । जापानमा बुढाहरुको सँख्या सबै देशको भन्दा बढी छ । युवा पिंढी विहे गर्न नै मान्दैन् र जसकाकारण बच्चा नै नजन्मिराखेको आवस्था छ ।
सरकारले विहे गर्न र बच्चा जन्माउने लाई पैसापनि दिने गरेको छ तर मानिसहरु आफ्नो काममा व्यस्त भएपछि उनीहरुलाई विहे गरेपछि परिवार बनाउन फुर्सद नै छैन् ।
जापान टाइम्सको प्रतिवेदन अनुसार, जापानी मानिसहरुमा गरेको एक सर्वेक्षणमा १८ देखि ३४ साल उमेरका ७० प्रतिशत अविवाहित पुरुष छन्, ६० प्रतिशत अविवाहित महिला हरुको सम्बन्धमा स्पर्ष नै छैन् ।
यो भन्दा पनि चिन्ताजनक कुरा यो छ कि ४२ प्रतिशत पुरुष र ४४.२ प्रतिशत महिलाहरुले आफूहरु भर्जिन रहेको दावी गरेका छन्