Aamsanchar

क्रिकेटर सन्दिपलाई लिन विमानस्थलमै पुगे माइकल क्लार्क

Author Image
सोमवार, असोज ३, २०७३

काठमाडौं,

michal-clark-and-sandip-57dfb0713ba570.43469147

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर सन्दिप लामिछाने क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका छन्। सोमबार बिहान अष्ट्रेलिया पुगेका क्रिकेटर लामिछानेलार्इ लिन अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क सिड्नी विमानस्थल पुगेका छन्।

लामिछाने अष्ट्रेलियाका पूर्वकप्तान क्लार्ककै निमन्त्रणामा क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका हुन्। क्रिकेटर लामिछाने आइतबार दिउँसो १ त्रिभुवन विमानस्थलबाट अष्ट्रेलियाका लागि उडेका थिए। सोमबार विहान साढे ८ बजे अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उत्रिएका क्रिकेटर लामिछानेलाई लिन क्लार्क एकेडेमीका केही साथीहरुसँगै विमानस्थल पुगेका थिए।

क्लार्कले विमानस्थलमा लामिछानेलाई रिसिभ गर्नासाथ अंकमाल गरेका थिए। क्लार्कले क्रिकेटर लामिछानेलाई अंकमाल गरेपछि ‘स्वागत छ सन्दिप लामिछाने’ लेखिएको कार्ड देखाएका थिए। क्लार्कले लामिछानेलाई विमानस्थलमा स्वागत गरेको भिडियो आफ्नो फेसबुकमा समेत पोष्ट गरेका छन्।

१६ वर्षीय लेग स्पिनर लामिछानेलाई क्लार्कले आफ्नो प्रिमियर ग्रेड क्रिकेट क्लब, वेष्टर्न सवर्सबाट क्रिकेट खेल्न बोलाएका हुन्। लामिछानेले क्लार्कको क्लबबाट २०१६÷१७ को क्रिकेट लिग खेल्नेछन्। अष्ट्रेलियाका पूर्वकप्तान क्लार्क सन् २०१६ मे मा हङकङमा भएको क्रिकेट प्रतियोगितामा लामिछानेले गरेको प्रदर्शनबाट प्रभावित भएका थिए।

वेष्टर्न सवर्स क्लबबाट क्रिकेटर लामिछानेले आफ्नो पहिलो खेल आगामी सेप्टेम्बर २४ मा एलन बोडर ओभलमा मोसम्यान क्लबविरुद्धको खेल खेल्नेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर