Aamsanchar

सिड्नीमा नेपाली बाल प्रतिभा, समिका प्रथम

Author Image
सोमवार, असोज ३, २०७३

sidniसिड्नी ।

नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन (नया) र लाहुरी टिभिको आयोजनामा सिड्नीमा संचालनल भएको बाल प्रतिभा २०१६ मा समिका जिसी प्रथम भएकी छिन् ।

 

सिड्नीको पोलिस क्लवमा आइतबार १८ सेप्टेम्बरका दिन भएको प्रतियोगिताको ग्रेण्ड फाइनलमा छनोट भएका १६ जना प्रतियोगिहरुलाई पछि पार्दै जिसीले पहिलो स्थान सुरक्षित गरेकी हुन् । यस्तै, यो प्रतियोगितामा सचेस्टा श्रेष्ठ दोस्रो र सरीना सैजु तेस्रो भएका छन् । सिड्नीका बिभिन्न सवअर्वहरुबाट ४५ जना प्रतियोगिहरु यो प्रतिस्पर्धामा सहभागि भएका थिए ।

 

अाइतबार भएको गेण्ड फाइनलमा भुपेन्द्र चुडाल, भीमसेन गुरुङ र राजकुमार गोश्वामी रहेको तीन जनाको निर्णायक मण्डल र हलमा उपस्थित दर्शकहरुको भोटको आधारमा निर्णय भएको प्रतियोगिता संयोजक पुजा चन्दले  बताईन ।

sidni 1

प्रतियोगितामा सबैभन्दा धेरै अनलाइन भोट ल्याएर सिमोन श्रीपालीले साइवर अवार्ड जितेकी छन् । नयाका अध्यक्ष कोमलराज पाठकका अनुसार प्रतियोगितामा पहिलो हुनेले १ हजार डलर नगद, कप र मेडल,  दोस्रो हुनेले ५ सय डलर नगद, कप र मेडल र तेस्रो हुनेले ३ सय डलर नगद, कप र मेडल पुरस्कार पाएका छन् ।

प्रतियोगिताम क्यानवेराबाट आएकी बाल गायिका आयुस्का खनियाँले नेपाली र अंग्रेजी गीत गाएकी थिइन । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका कार्यबाहक अध्यक्ष दिनेश पोखरेल प्रमुख अतिथि रहको कार्यक्रममा आइसिसि युवा संयोजक बिजय पोखरेल, ओसिनिया संयोजक महेन्द्र लम्साल, आइसिसि सदस्यहरु प्रकाश जिसी, धर्मराज अधिकारी र राज खनाल एनसिसिबाट भिष्म भण्डारी, नन्द गुरुङ तथा एसिसिका पदाधिकारीहरु अतिथिको रुपमा सहभागि थिए ।

 

लाहुरी टीभीका निर्देहक  जीवन डिसी सिड्नीका बिभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरु र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको संचालन सानु दाहालले गरेकी थिइन ।
नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन (नया) अस्ट्रेलियामा नेपालीयुवाहरुबीच खेलकुद तथा बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

s3

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर