Aamsanchar

युवा संघले माग्यो प्रधानमन्त्रीको राजीनामा

Author Image
मङ्गलवार, असोज ४, २०७३

काठमाडौं,

yuba-sang-nepal-57dfca612a2436.33208733

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ। संघले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा राष्ट्रघाती सम्झौता गरेको भन्दै राजीनामा माग गरेको हो।

सोमबार पत्रकार सम्मेलनमा गरी संघका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री दाहालले नेपाल र भारतवीच भएको २५ बुँदे सम्झौताको १० नम्बर बुँदामा नेपालको संविधानको बारेमा भारतको चासो उल्लेख भएको बताउँदै नेपालको आन्तरिक मामलामा कसैले हस्तक्षेप गर्न नमिल्ने बताउँदै भारत भ्रमण पूर्ण असफल नाङ्गो दलाली र आत्मसमर्पणको पराकाष्ठ भएको बताए।

पहारीले प्रधानमन्त्रीले भारत भ्रमणमा देश र जनताको हित विपरीत सम्झौता गरेको भन्दै नेपालको आन्तरिक मामलाका विषयहरु अर्को देशसँगको सम्झौतामा उल्लेख गरेको, नेपालको विदेश मामला सम्बन्धी दृष्ट्रिकोणमा जबर्जस्ती भारतलाई हावी गराएको, सुगौली सन्धीलगायतको विषयमा कुनै शब्द उच्चारण नगरेको भन्दै प्रधानमन्त्रीको तत्काल राजीनामा मागेका हुन्। उनले चीनसँग भएका ऐतिहासिक सम्झौताहरुलाई वेवास्ता गर्दे सिंगो देश र जनताप्रति गद्धारी गरेको आरोप लगाए।

उनले हुलाकी मार्ग निर्माणको काम भारतलाई दिने सम्झौता भएको भन्दै यो राष्ट्रघाती कदम भएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर