Aamsanchar

सामाजिक रुपान्तरणमा जोड

Author Image
मङ्गलवार, असोज ४, २०७३

काठमाडौँ ।

Joj:yflksf–;+;bsf] klxnf] a}7sdf ;xefuL ;ef;bx? . tl:j/ M /f;;÷/Tg >]i7

सामाजिक रुपान्तरण भए मात्र देशले आर्थिक समृद्धि हासिल गर्न सकिनेमा सहभागी वक्ताले जोड दिएका छन् ।
नेपाल मगर महिला सङ्घको १९ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागीले सबै जातजाति, धर्म, सम्प्रदायको सामाजिक तथा आर्थिक रुपान्तरण भए मात्र मुलुक समृद्ध हुने बताए ।

सो अवसरमा पूर्वमन्त्री बालाराम घर्ती मगरले राष्ट्रको अखण्डता र एकताका लागि सबै वर्ग तथा जातिका बीचमा सामाजिक सदभाव र एकता कायम हुनुपर्नेमा जोडदिदैं सबैले एक अर्काको सहअस्तित्वलाई सम्मान गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

मगर सङ्घकी केन्द्रीय अध्यक्ष नवीन रोक्काले आधुनिक नेपाल निर्माणमा मगर समदायले खेलेको भूमिकाको सराहना गर्दै अब सबै नेपालीको एकताका लागि क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

मगर महिला सङ्घकी अध्यक्ष गङ्गा मगरले सो समुदायको वेशभूषा तथा संस्कृतिको संरक्षणमा आफ्नो संस्था लागिपरेको जानकारी दिनुभयो । मुलुकमा करिब २० लाख मगर समुदायको जनसङ्ख्या रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर