Aamsanchar

राजधानीका छ विद्यालयमा बम, राजधानी त्रसित

Author Image
मङ्गलवार, असोज ४, २०७३

काठमाडौं,

preser-kukar-57e0af5c559013.64362895

राजधानीका विभिन्न निजी विद्यालयमा बम बिस्फोट भएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालले बम बिस्फोट गराएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको हो । बम बिस्फोट गराएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा भएकाले नाम भने गोप्य राखेको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख विक्रमसिंह थापाले डल्लुको कञ्चनजंगा स्कुल, चप्पल कारखानाको कान्तीपुर स्कुल, जोरपाटीको राँगी स्कुल, आकाशदीप, मनकामना र स्टोपाेल स्कुलमा बम राखिएको बताए ।

उनका अनुसार सेना र प्रहरीको टोलीले बम डिस्पोजल गरिरहेको छ ।  बम राख्ने मुख्य मान्छे पक्राउ परिसकेको र थप अनुसन्धान भइरहेको थापाले बताए ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी प्रधुन्न कार्कीका अनुसार ती दुई संस्थाले सरकारी र निजी विद्यालयको पाठ्यक्रम एउटै हुनुपर्ने, निम्न आए भएका विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने, निजी र सरकारी विद्यालयको मापदण्ड एयटै हुनुपर्ने लगायतका ९ बुँदे मागसहितको प्रचा छोडेका छन् । चन्दा मागेको र विद्यालयले चन्दा नदिएकाले विष्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ ।

त्यस्तै बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ललितपुरको रेडियन्ट स्कुलमा प्रेसरकुकर बम भेटिएको  छ ।

शंस्कास्पद बस्तु रहेका विद्यालयमा सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाउने प्रयास गरिएको प्रवक्ता कार्कीले बताए । बम विस्फोट बारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर