Aamsanchar

रक्सीले मातेका प्रहरी निरीक्षकले कुटे ७१ वर्षका वृद्ध

Author Image
मङ्गलवार, असोज ४, २०७३

किरण लोहनी ,

गोरखा–
e44f07be9bbcddc1ad81ac9d1bca7786

गोरखा नगरपालिकाका ७१ वर्षे वृद्ध थमनसिंह बस्नेतलाई रक्सीले मातेका प्रहरी निरीक्षकले कुटपिट गरेका छन् । सोमबार राति सामान्य विवाद भएपछि प्रहरी निरीक्षक गौतम बोहोराले थमनसिंहलाई कुटपिट गरेको गाउँलेले बताएका छन् ।

कुटपिटबाट घाइते भएका वृद्ध थमनसिंहको जिल्ला अस्पताल गोरखामा उपचार भइरहको छ । थमनसिंहको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कुटपिटबाट सामान्य घाइते भएका प्रहरी निरीक्षक बोहोराको त्यही अस्पतालमा उपचार भइरहेको छ ।

आँबुखैरेनी गोरखा सडकखण्ड अन्तर्गत देउराली गाविस र गोरखा नगरपालिका जोड्ने पुलमा राति ११ बजे मोबाइलमा कुरा गरेर बसिरहेका विश्वास बस्नेत र प्रहरीबिच विवाद भएको हो । प्रहरीले रातिसम्म किन फोनमा कुरा गरेर बसेको भन्दै वस्नेतलाई अभद्र ब्यवहार गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

नगरक्षेत्र भएर पनि यो ठाउँमा टेलिफोनको राम्रो नेटवर्क छैन । राम्रो नेटवर्क आउने भएकाले स्थानीयबासिन्दा टेलिफोन कुराकानीका लागि पुल आसपासनै जानु पर्ने बाध्यता छ । प्रहरीलाई यस बारे जानकारी गराउँदा नै उनीहरुबिच भनाभन भएपछि रक्सीले मातिएका प्रहरी निरीक्षक गौतमले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विवाद मिलाउन पुगेका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि स्थानीयबासिन्दालाई जथाभावी कुटपिट गरेका हरिमानसिंह बस्नेतले बताउनुभयो । ‘दिउँसो मेरो घरको ढलान थियो, राति त्यसकै अवसरमा भोज चलिरहेको थियो’ बस्नेतले भन्नुभयो ‘विवाद भएपछि हामी सबै त्यतै गयौं, ७१ वर्षका वृद्ध थमनसिंह बस्नेत विवाद मिलाउन प्रहरी सामुन्ने जाने बित्तिकै कुटिए ।’ वृद्ध कुटिएपछि स्थानीयबासिन्दाले आक्रोसित हँदै प्रहरीको गाडीमा ढुंगा हानेका थिए ।

स्थानीयबासिन्दाका अनुसार प्रहरी नायव उपरिक्षक र निरीक्षक दुबैले रक्सी खाएका थिए । प्रहरीको स्वास्थ्य परिक्षण रिपोर्टमा भने गुट्खा र सुर्ती खाएको उल्लेख गरिएको छ । प्रहरीसँगको मिलेमतोमा स्वास्थ्य परीक्षणको यथार्थ रिपोर्ट बाहिर नआएको भन्दै राति नै अस्पताल पुगेका जिल्लास्थित राजनीतिक दलका अगुवाहरुले पनि आलोचना गरेका छन् ।

प्रहरी उपरिक्षक जनकराज पाण्डेयले घटनाबारे थप विवरण संकलन भइरहेको बताउनुभयो । प्रहरी निरीक्षक आफूलाई जानकारी नगराई त्यस ठाउँमा गएको उहाँको भनाई छ । प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । उज्यालो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)