Aamsanchar

दाहालकोे भारत भ्रमण उपलब्धिमूलक

Author Image
मङ्गलवार, असोज ४, २०७३

काठमाडौँ।

Puspakamal_dahal_380025590

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोे भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको बैठकमा गत भदौ ३० देखि असोज २ गतेसम्मको प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे कार्यालयका सदस्यहरुले आआफ्नो धारणा राख्नुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

 

भ्रमणले दुई देशबीच र दुई देशका जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, भूकम्पपछिको पुनःनिर्माणमा भारतको थप सहयोग प्राप्त हुनु र नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गर्नुलाई भ्रमणको मुख्य उपलब्धिका रुपमा बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा केही सदस्यहरुले भारत भ्रमणका क्रममा आएको दुई देशको संयुक्त वक्तव्यका केही विवादास्पद बुँदाबारे थप प्रष्ट पार्न आवश्यक रहेको धारणा राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर